काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी हुन् । बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्नेमा काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here