सेयर बजारमा उतारचढाव , साढे २१ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उतारचढाव पश्चात् अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भएकाे छ। अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा दिउँसो १ बजे ५२ अंक बढेर २९२२ मा पुगेको थियो ।

बजारको उतारचढाव ठूलो हुँदा कारोबार रकम भने बढेको छ । कुल २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएकाे छ। यो कारोबार रकम ११ महिना यताकै उच्च हो । गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियाे।

आज १०५ कम्पनीको मूल्य बढ्दा १४४ को घटेका छन्। आज फाइनान्स समूह सबैभन्दा धेरै २.२६ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ १.३८, विकास बैंक ०.०८, हाइड्रोपावर ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.५० प्रतिशत घटेका छन्। अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशत बढेकाे छ। होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशत बढेका छन्।

आइतबार ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् । सिटी होटलको ८.५०, एनएलजी इन्स्योरेन्सको ७.५८, नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशत मूल्य बढेकाे छ। समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.८८ प्रतिशत घट्यो । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ४.६१, पन्चकन्या माइ हाइड्रोपावरको ४.५१ प्रतिशत घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप तथा सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here