८० अंकले बढ्यो सेयर बजार, कारोबार २० अर्ब माथी

काठमाडौं । मंगलबार सेयर बजार ८० दशमलव९७ अंकले बढेर नेप्से परिसूचक २९७३ दशमलव ७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो ।

आज परिसुचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भएको हो ।
आज २३६ कम्पनीको मूल्य बढ्दा १४ को घटेको छ । उत्पादन तथा प्रशोधन ४ दशमलव६३, जीवन बीमा ४ दशमलव ३६ तथा माइक्रोफाइनान्स ४ दशमलव०७ प्रतिशत बढेका छन्।

बैंकिङ २ दशमलव१०, विकास बैंक २दशमलव २६, फाइनान्स १दशमलव९४, होटल तथा पर्यटन ३दशमलव४४, हाइड्रोपावर १दशमलव९०, लगानी ३दशमलव २४, निर्जीवन बीमा २दशमलव५६, अन्य ३।ेदशमलव२६ तथा व्यापार १दशमलव०१ प्रतिशत बढेका छन् ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हुन् । आजको कारोबारपछि टे«ड टावरको मूल्य ५३५ रुपैयाँ ८० पैसा पुगेको छ भने सान्भी इनर्जीको ४७७ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको ९दशमलव९०, विन्ध्यबासिनी हाइड्रोपावरको ९दशमलव७६, सोनापुर सिमेन्टको ८दशमलव७७, इनिफिनिटी लघुवित्तको ८दशमलव३६ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजुको २दशमलव४६, ग्रिन डेभलपमेन्ट बैंकको २दशमलव १९ तथा पन्चकन्या माइ हाइड्रोपावरको २दशमलव०३ प्रतिशत मूल्य घटेका छन् । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप छन् ।

पूँजीकरण सूचीकृत सबै सेयरको बजार मूल्य हालसम्मकै सवैभन्दा बढी अर्थात ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here