डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं । अब सेयर कारोबार गर्ने डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ।

राष्ट्रिय परिचय पत्रलाई ग्राहक पहिचान पत्रसँग आवद्ध गर्न लागिएको हाे ।धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२८३ को लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने उल्लेख गरेको छ।

नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचपपत्र नम्बर अनिवार्य रूपमा लिने व्यवस्था गर्न नेप्से र सिडिएस एण्ड क्लियरिङलाई धितोपत्र बोर्डले निर्देशन दिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here