काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ। सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको हाे ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज १३ अर्ब ७ करोडको भएकाे छ । आज सबै समूहका सूचक घटेका छन् ।
आज अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत घटेकाे छ। त्यस्तै बैंक २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशत घटेका छन्।
यता दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेका छन्। हालै सूचीकृत ट्रेड टावरको मूल्य ११४८ रुपैयाँ पुगेको छ । थ्रीस्टार हाइड्रोपावरको ४.५५, नारायणी डेभलपमेन्ट बैंकको ३.८६ तथा लुम्बिनी विकास बैंकको २.५० प्रतिशत मूल्य बढ्यो ।
यता सान्भी इनर्जीको मूल्य आज सबैभन्दा धेरै १० प्रतिशत घटेकाे छ। त्यस्तै समता घरेलु लघुवित्तको ९.९६, ग्रिन भेन्चर्सको ५.७७, सिक्लेस हाइड्रोपावरको ५.५८ तथा उन्नति सहकार्य लघुवित्तको ५.५२ प्रतिशत मूल्य घटेकाे हाे।


























