ईतिहासमै पहिलो पटक बेइजिङमा नेपाली जहाज

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानी रहेको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान थालेको छ । नेपाल–चीन संयुक्त एयरबस ३२० जहाज आईतवार बिहान ६० यात्रु लिएर बेइजिङ उडेको हो ।

चीनबाट भित्रिने र बाहिरिने यात्रुहरुको सहजताको लागि हप्ताको तीन पटक काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान भरेको विज्ञप्तीमा जनाईएको छ ।

आईतवार आफ्नो पहिलो उडान थाल्दै दुई देशका दुई राजधानीबीच ऐतिहासिक सिधा सञ्जाल स्थापना गरेको छ । विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईबाट ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो । त्यसबाहेक कुनै पनि नेपाली कम्पनीले चिनियाँ शहरमा काठमाडौंबाट सिधा उडान गर्न सकेका थिएनन् ।

साताको दुई उडान

हिमालय एयरलाइन्सले प्रारम्भिक दुई/तीन सातासम्म साताको दुई उडानको तयारी गरिरहेको छ । हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ । बिहान ९ बजे काठमाडौंबाट बेइजिङ उडान भरेको ए ३२० विमान राति पौने १० मा फर्कने हिमालयन एयरलाइन्सले जनाएको छ ।

कम्पनीले बेइजिङपछि चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । नेपाल–चीन सिधा उडानबाट नेपाल भम्रण वर्ष २०२० मा पर्यटक ल्याउन सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here