ओरालो लाग्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से जम्मा १.९४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८३२ मा रहेर बन्द भएको छ ।

११२ कम्पनीको मूल्य बढ्दा १३८ वटा घटेका छन्। आज माइक्रोफाइनान्समा आकर्षण देखिएको छ । माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक वर्षकै नाफाबाट सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने चर्चा बजारमा चलेसँगै यो समूहमा आकर्षण बढेको हो ।

सो समूह १.४१ प्रतिशत बढ्यो । त्यस्तै लगानी ०.४९, अन्य ०.४४ प्रतिशत बढे । बैंकिङ ०.४७, विकास बैंक ०.६१, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३६ तथा व्यापार ०.६६ प्रतिशत घटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here