उच्च मूल्यबाट तल झर्याे सुन, चाँदिकाे भाउ बढ्याे

काठमाडौं । गत शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घट्दै प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको हो । गत शुक्रबार प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियाे।

आज चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले उकालो लाग्दै २३ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।