नयाँ काँचुली फेर्दे नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला

काठमाडौं । दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला जुन २०७२ वैशाख १२ को भूकम्पपछि थलिएको छ । नरशमशेर राणाले वि.स.१९५६ मा जग हालेर सुरु गरेका रंगशाला नयाँ काँचुली फेर्ने सुरुमा पुनर्निर्माणको काम धमाधम भैरहेको छ ।

वैशाख १२ को भूकम्पपछि रंगशाला त्रिपुरेश्वरमा अस्तित्वमा त छ तर निर्जन–उराठ र जीर्ण अवस्थामा । ‘दशरथ रंगशाला’ वैशाख १२ गते आएको भूकम्पका कारण नाजुक अवस्थामा पुगेको छ । भूकम्पपछि निमार्णमा रहेको देशको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला अबको एक महिनामा निर्माण सम्पन्न हुने भएको छ ।

रंगशाला निर्माण शाखाप्रमुख अरुण उपाध्यायका अनुसार रंगशालानिर्माण अन्तिम चरणमा पुगेको छ । ‘हामी रंगशालानिर्माणको अन्तिम चरणमा छौं,’ उनले भने ‘अबको एक महिनामा रंगशाला पूर्णरुपमातयार हुन्छ ।’

कार्यालय अभावका कारण निमार्ण कार्यमा ढिलाई

उपाध्यायकाअनुसार निर्माण ढिलाई हुनुमामुख्य कारण कार्यालय अभाव रहेको छ ।‘हामीसँगपर्याप्तमात्रामाकार्यालय छैन्,’ उनले भने, ‘कर्मचारी आउनै पर्यो काम गर्नै पर्यो त्यसकारण पनिनिर्माणमा ढिलाई भएको छ ।’
भर्खरै फेरिएकानयाँझ्याल देखाउँदैउनी भन्छन्, ‘तपाईंलाई लाग्याहोला, भवनको हालयस्तो छ एक महिनामा कसरी निमार्ण सम्भव छ । तर हामीनिर्माण गरेरै छाड्छौं ।’

अष्ट्रेलिया र जोर्डनमध्ये एक खेल नेपालमा

विश्वकपछनोटअन्तरगतको अष्ट्रेलिया र जोर्डनमध्ये एक खेल काठमाडौंमा गर्ने पूर्ण तयारीका साथकामभईरहेको उपाध्यायले बताए ।
‘हाम्रो तयारी सार्क खेलको लागि मैदानतयार पार्नु भएपनिहामीअहिले अष्ट्रेलिया र जोर्डन मध्येको एक खेल काठमाडौंमै गर्ने तयारीमा छौं,’ उनले भने, ‘र मलाई विश्वास छ हामी यो खेल काठमाडौंमै गर्न योग्य हुन्छौं ।’

विश्वकप छनोट खेल नेपालमा गर्ने समयमाभीआईपी क्षेत्रमा सिट राख्ने बाहेक अन्य सबै कामसकिने उनी बताउँछन् ।

के-के कामभयो रंगशालामा?

रंगशालामादर्शक बस्ने प्यारापिटको निर्माण भईसकेको छ । यसका साथै दौडको लागिआवश्यक पर्ने ट्रयाक बनिसकेको छ भने बत्तीपनिहालिएको छ ।
हालमैदानमादुबो उमार्ने तयारीस्वरुपमलतथापानी राख्ने कामभईरहेको छ । रंगशालाभित्रकाकार्यालयहरु पनिनिर्माण प्रकृयामै छन् ।
रंगशालामाअहिले बाँकीकामभीआईपी क्षेत्र निर्माण र सरसफाई हो । भिआईपी क्षेत्र भर्खरै भत्काईंदै छ भने सरसफाईको कामसुरु नै भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here