फेदीखोला हाईड्रोपावरले १७ करोड ५० लाखको सर्वसाधारण शेयर निस्काशन गर्ने

३१ साउन, काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभा सम्पन्न भएको छ । साधारणसभमा कम्पनील भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मानिर्माण गरिरहेको आयोजना ४.३ मे.वा.वि.सं.२०८२ पौष अन्तिम सम्म सम्पन्न गर्ने जानकारी दिएको छ ।

साधारणसभामा आयोजनाको निर्माण सम्पन्न गर्न रु. ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल श्रावण १५ गतेको बाढीको कारणले ४ करोड लागत वृिद्धभई ९८ करोड लाग्ने र जसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात ५० करोड राष्टिय बाणिज्य बैक लि. बाट ऋण स्वरुप जुटाईएको समेत कम्पनीले जानकारी दिएको छ ।

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थपगरी ७० कराड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनको लागि संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।

यसैगरी साधारणसभाले वन्डर्स ईनर्जी प्रा. लि. (खिम्ती घ्वाङ्ग खोला ज.वि.आ. ९ मे.वा.) मा रु. ५ करोड लगानी गर्ने प्रतिवद्धता सहित १ करोड र इस्र्टन ईनर्जी प्रा. लि. ( ईर्खुवा खोला ज.वि.आ. १५ मे.वा.) मा रु. १५ करोड लगानी गर्ने प्रतिवद्धता सहित २ करोड ५० लाख गरेको लगानी पारित गर्दै थप लगानी गर्ने समेत निर्णय गर्दै कम्पनीको मुख्य लगानीमा वि.सं. २०९० साल भित्रमा कम्तीमा १०० मे.वा. क्षमताको आयोजना अगाडी बढाउने समेत निर्णय गरेको छ ।

साथै कम्पनीको नियमावली कम्पनीमा ५ जना सञ्चालकहरू रहनेमा अगामी कार्यकाल ४ वर्षको लागि संस्थापक (क) समूह बाट ३ जना चन्द्र प्रसाद वास्तोला, प्रकाश चन्द्र दुलाल र कविता अधिकारी लाई चयन समेत गरेको समेत कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here