सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ । भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक सूचना जारि गर्दै अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको जानकारी दिएकाे हाे ।

जसअनुसार खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छ ।

यसैगरी महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ ।
दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म छ । दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ । यस्ताे छ सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here