काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २ रुपैयाँ ताेकिएको छ ।
बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८ रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा किनबेच भएको थियो ।






















