मौसम पूर्वानुमान: कस्तो रहन्छ आगामी तीनदिन ?

काठमाडौं १४ कात्तिक । बिहीबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा जनाईएको छ ।

बंगलादेश आसपास बनेको न्यून चापीय प्रणाली र अरब सागरमा बनिरहेको अर्को न्यून चापीय प्रणालीसँगै स्थानीय वायुले पहाडी क्षेत्रमा बादल ल्याउने भएकाले पहाडी भेगको एक/दुई ठाउँमा हल्का पानी समेत पर्न सक्नेछ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

मौसम पूर्वानुमान महाशाखा

कात्तिक १४ गते बिहिबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

कात्तिक १५ गते शुक्रबार
दिउँसो : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राति : देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

कात्तिक १६ गते शनिबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राति : देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here