काठमाडौं । सुनको मूल्यमा पछल्ला केही दिनयता दैनिक नयाँ रेकर्ड बन्न थालेको छ ।
केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो ।
आज सोमबार फेरि २ हजार बढेर अर्को उच्च रेकर्ड कायम भएको छ । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।






















