काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताबारे जिज्ञासा सहित पत्राचार गरेका छन् ।
सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक लगाएकोमा बढी प्रयोगकर्ता भएको मेटा र यु ट्युबलाई रास्वपाले पत्र लेखेर दर्ता बारेमा जिज्ञासा राखेको हो ।
रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले ती दुई सामाजिक सञ्जाललाई पत्राचार गरेका हुन् ।
पत्रमा सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्रै नभई शिक्षा, उद्यम, डिजिटल उद्यमशितलता, डायस्पोरासँग जोडिने कार्यमा भूमिका खेलेको भन्दै नागरिकको दैनिक जीवनसँग जोडिएको विषय रहेको उल्लेख गरिएको छ ।
त्यस्तै सामाजिक सञ्जालको माध्यमबाट आय आर्जन समेत गरिरहेकाे जानकारी दिदै दर्ताका लागि व्यवधान रहेको भए जानकारी गराउन समेत मेटा र युट्युबलाई भनिएको छ ।



























