काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । साथै स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’
प्रचण्डले मृतक युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोमबार भएको देशव्यापी प्रदर्शनमा बानेश्वरमा प्रहरीले चलाएको गोली लागी एक प्रदर्शनकारीको निधन भएको छ भने लाखौं घाइते भएका छन्।

























