२४ भदौ, काठमाडौं। जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका प्रदर्शनकारीहरुले आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।
उनीहरुले नालायक प्रधानमन्त्री राजीनामा दे, विद्यार्थी मार्न पाइँदैन जस्ता नारा लगाइरहेका छन्।
उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाले मात्र नपुग्ने भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन ।
























