जेनजी आन्दोलनका क्रममा लामिछानेलाई प्रदर्शनकारीले नक्खु कारागारबाट बाहिर निकालेका हुन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ । ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार जेनजी आन्दोलनका क्रममा लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको हो ।
आन्दोलनकारी मंगलबार बिहानैदेखि नख्खु कारागारबाहिर जम्मा भएका थिए । कारागार प्रशासनले लामिछानेलाई लिन आएकाहरूलाई रोक्न नसकेपछि बाहिर निकालिएको हो ।
लामिछाने सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।





















