भोलिबाट स्थानीय तह र विद्यालय खोल्ने तयारी

२८ भदौ, काठमाडौं । सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । त्यस्तै विद्यालयहरु पनि भाेलि देखि खोल्ने तयारी छ ।
आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सेवा तथा विद्यालयहरु शनिबारबाट खुल्न लागेकाे हाे।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ ।

आन्दोलनका कारण केही दिन रोकिएका विद्यालयहरू पनि स्थिति सामान्य भएकाे भन्दै आइतबारदेखि नै विद्यालयहरू खोल्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here