काठमाडौंमा बस दुर्घटना: तीनको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौं, १४ कात्तिक । काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको उद्धार गरिएको छ । ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here