काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन शुक्रबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन आज घटेकाे हो । आज सुनको भाउ प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
यता आज चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर चाँदी प्रतितोला २५७० रुपैयाँमा कारोबार भएको छ । याे हालसम्मकै उच्च मुल्य हो।






















