बाँदरे माेडकाे पहिराे पन्छाउन आज दिनभर लाग्ने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो खसेकाे छ। साे पहराे ठुलाे भएकोले पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ ।

चितवन र धादिङको सिमाना नजिक बाँदरेमोडमा राति साढे १० बजेतिर पहिरो खसेको थियो । राति नै पहिरो पन्छाएर ११ बजेतिर एकतर्फी खुलाइएकोमा तर साढे ११ बजेतिर पुन: पहिरो खसेर बाटो बन्द भयो । आज बिहान साढे २ बजेदेखि पुन: पहिरो पन्छाइरहेका बेला आज बिहान ५ बजे झन् ठूलो पहिरो खसेर बाटो ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

हाल पहिरो पन्छाउन तीवटा साना मेसिन परिचालन गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।

रातिदेखि नै सडक बन्द भएकाले दसैंका लागि घर हिडेका यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here