७ असोज, काठमाडौं । सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेकाे छ। यो मूल्य हालसम्मकै उच्च हो ।
याे अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँ बढि हो । अघिल्लो दिन २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । एक महिनाकाे अवधिमा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीकाे भाउ आज २६८० मा पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । अघिल्लो दिन चाँदीको भाउ २६५० रुपैयाँ थियाे।





















