७ असोज, काठमाडौं । मंगलबार सेयर बजार ५८.६३ अंक बढेकाे छ। यससँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढेपनि आज कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडको भएकाे हाे।
आज २३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो ।
निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत बढ्यो । अघिल्लो कारोबार दिन यो समूह ४ प्रतिशत घटेको थियो ।
त्यस्तै बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार १.८३ प्रतिशत बढेका छन्।
आज ८ कम्पनीको मूल्य १० प्रतिशत बढेका छा्। जसमा सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी,एसियन हाइड्रोपावर हिमस्टार ऊर्जा रहेका छन् । त्यस्तै कालिका पावरको ९.८४, सयपत्री हाइड्रोपावरको ९.८३ प्रतिशत मूल्य बढ्यो ।
धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स छन् ।























