बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुग्याे

काठमाडौं । शुक्रबार र शनिबारकाे निरन्तर वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here