काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध छैन । कार्यलयले सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न भनेको छ । असोज १७ र १८ गतेको वर्षाले जमिन भिजेकाेले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।
चितवन भएर यात्रा गर्नेहरुलाई बेलुका ९ बजेभित्र चितवन भित्रीसक्न र पोखरा वा काठमाडौंतर्फ जानेहरुलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट निस्किसक्न भनिएको छ ।
हिजो बेलुका ९ बजेपछि चितवन आइपुगेका गाडीहरुलाई प्रहरीले आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहान ६ बजेदेखि गन्तव्यमा जान दिएको छ ।





















