कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं, १५ कात्तिक । भर्खरै नेपाली क्रिकेट टोलीका कप्तानको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

शुक्रबार दिउँसो ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामना सहित मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत लिएको बताएका छन् ।

मल्ल गत बुधबार नेपाली क्रिकेट टोलीका नयाँ कप्तान बनेका थिए । उनले १० वर्षदेखि कप्तानको रुपमा नेपाली क्रिकेट हाँकिरहेका पारस खड्काको स्थान लिएका थिए ।

पारसले एक दशक नेपाली टोलीको कप्तानी गर्दा धेरैजसो समय ज्ञानेन्द्रले नै उपकप्तानको जिम्मेवारी सम्हालेका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here