एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपाल ओमानसँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ । छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ ।

नेपालले यूएई र कतारलाई हराएको थियो । ओमानले आइतबार कतार र सोमबार यूएईलाई हरायो ।

नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here