सरकारले यी ११ राजदूतहरूलाई फिर्ता बोलायो

काठमाडौं । सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको हो ।

चीनमा राजदूत कृष्णप्रसाद ओली, अमेरिकामा लोकदर्शन रेग्मी, जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, मलेसियामा डा. नेत्रप्रसाद तिमल्सिना, रुसमा जंगबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा शनिल नेपाल,कतारमा रमेशचन्द्र पौडेल, बेलायतमा चन्द्रकुमार घिमिरे, र जापामा डा.दुर्गाबहादुर सुवेदी राजदूत थिए । फिर्ता बोलाइएको आवासीय राजदुतहरुले अगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here