ताेलामा ३ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ ताेकिएकाे हाे। अघिल्लो दिन सुनकाे भाउ २ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार २८० रुपैयाँ तय भएको हो ।