नयाँ दिल्लीको आकासमा कसरी भरिन्छ विशालु हावा ?

नयाँ दिल्ली, १७ कात्तिक । भारतको राजधानी नयाँ दिल्ली । जहाँ अहिले सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । एक साताका लागि विद्यालय बन्द छन् भने ३ दिनसम्म निर्माण कार्य ठप्प बनेको छ ।

सरकारले दिल्लीका स्कूलमा मात्र ५० लाख मास्क वितरण गर्दैछ । संसारमा सबैभन्दा धेरै जनसंख्या भएको शहरमध्ये एक नयाँ दिल्ली । यहाँ उत्तिकै ठूलो संख्यामा सवारी साधन पनि गुड्छन् ।

उद्योग, प्रतिस्ठान र अन्य धुवाजन्य उत्सर्जन गर्ने वस्तुहरु पनि उत्तिकै अस्तित्वमा छन् । सोहीकारण वायु प्रदूषण अधिक हुने शहरमध्ये नयाँ दिल्ली सधै अग्रपंक्तिमा पर्छ ।

त्यसो भए नोभेरम्बर र डिसेम्बर महिनामा दिल्लीको आकास नै अन्धकार बनाउने विशाक्त धुवा यही प्रदुषणका कारण मात्र उत्पन्न भएको हो ? तर, वास्तविकता फरक छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार नियमित प्रदूषणका वावजूत दिल्लाीलाई छिमेकी राज्यहरुमा हुने गतिविधिले बढी सताइरहेको छ । अहिले दिल्लाीको हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्व फैलिएका छन् ।

यस्तो हावामा मानिसको नपुशक, मृगौला तथा फोक्सोको बिरामी मात्र हाइन, क्यान्सरसम्मका रोगको जोखिम हुन्छ । भारतीय संचारमाध्यमहरुले उल्लेख गरेअनुसार दिल्लीका छिमेकी राज्य हरियाणा र पन्जाबमा किसानहरुले बाली भित्राइसकेपछि खेतमा आगो लगाउँछन् ।

खेतमा बाँकी रहेको ठुटा जलाउन लगाइने यस्तो आगो एकसाथ ठूलो भूमीमा लगाइन्छ । जसले गर्दा धुवाँको मूस्लो वायुमण्डलमा मिसिन जान्छ । यो धुवाँ नै अन्ततः दिल्लीको आकाससम्म आइपुग्छ र दिल्लीलाई अन्धकार बनाइदिन्छ ।

भूउपग्रहरुले पठाएको तस्वीरहरुमा समेत यसको स्पष्ट चित्र देख्न सकिन्छ । अर्कोतर्फ भर्खरै दिपावली मनाइएको छ । भारतमा पटका पड्काउन छूट छ । यहाँ करोडौं रुपैयाँको पटकाको कारोबार हुन्छ ।

अनेक प्रकारका पटकाका कारण यहाँको वायु प्रदुषण भएको छ । सोहीकारण नोभेम्बर र डिसेम्बरमा यहाँको आकासमा विशाक्त हावा भरिन्छ ।

नयाँ दिल्लीमा रहेका औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषण त छँदैछ । हावामा तैरने विशाक्त कणहरु हावाकै माध्यमबाट टाढाटाढाम्म पुगी वातावरणलाई धुमिल बनाइरहेका छन् । त्यसकारण एक स्थानमा हुने गतिविधिले अर्को स्थानका बासिन्दाले सजाय पाउनु परिरहेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here