तीन महिनामा ७२ अर्ब ६८ करोडको निर्यात, वृद्धिदर ८९.६४ प्रतिशत

१० कात्तिक, काठमाडौं । पछिल्लो तीन महिना साउन–असोज)मा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ८९.६४ प्रतिशत बढी हो । भन्सार विभागका अनुसार यस अवधिमा आयात भने ४ खर्ब ६८ अर्ब ८ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा १९.७९ प्रतिशत हो ।

आयात र निर्यात दुबै बढ्दा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब माथि पुगेको छ । भन्सार विभागका अनुसार असोजसम्म कुल व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड पुगेको हो ।

चाडबाडको समयमा वस्तु आयात र निर्यात दुबै बढेको छ । असोजमा मात्र २५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । तीन महिना ३ खर्ब ९५ अर्ब रुपैयाँ बराबर व्यापार घाटा भएको देखिएको छ । नेपालको सबैभन्दा धेरै व्यापार चीन र भारतसँग भएको समेत तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here