पर्यटकीय नगरी सौराहामा खुल्यो सिद्धार्थ ग्रुपको रिसोर्ट

काठमाडौं, १७ कात्तिक । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले चितवनको सौराहामा रिसोर्ट सञ्चालनमा ल्याएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर पर्यटकीय नगरी सौराहा रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

सौराहामा सञ्चालित सेन्टर पार्क रिसोर्टसँग व्यावसायिक साझेदारी गरी ग्रूपले करीब २ बिघा क्षेत्रफलमा रिसोर्ट रहेको छ । रिसोर्टमा ४७ ओटा सुविधासम्पन्न कोठा, स्वीमिङ पुल, बगैंचा र सेमिनारका लागि २ ओटा हल रहेको ग्रुपका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

ग्रूपले नेपालगञ्जमा चारतारे होटेलसहित चितवनको चुम्लिङटार, सुर्खेत र कर्णालीको चिसापानीमा रिसोर्ट सञ्चालन गरिरहेको छ । ग्रूपको महेन्द्रनगर, टीकापुर, नेपालगञ्ज, बुटवल र काठमाडौंमा होटेल, रेष्टुराँ र क्याफेसहित २३ ओटा आउटलेट सञ्चालनमा छन् । ग्रुपले भैरहवामा पाँचतारे होटेल निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here