चीनको ५० भन्दा धेरै सहरमा सुरु भयो ‘फाईभ जी’ सेवा,नेपालमा कहिले ?

काठमाडौं । चीनले आधिकारिक रुपमा ‘फाईभ जी’ सेवा विस्तार गरेको छ । शुक्रवारबाट दक्षिण कोरीया, अमेरिका र बेलायत पछि चीनले पनि फाईभ जी सेवा विस्तार गरेको हो ।

अहिले चीनको ५० भन्दा धेरै सहरमा फाईभ जी सेवा विस्तार भईसकेको छ । चीनको ३ वटा सरकारी टेलिकम कम्पनी ‘चाइना मोबाइल, चाइना टेलिकम र चाइना यूनिकोम’ ले आफ्नो फाईभ जी प्लान्स पनि पेश गरेका छन् ।

यी प्लान्सहरु १३ सय रुपैयाँदेखि ६ हजार प्रति महिनासम्म रहेको छ । १३ सय रुपैयाँमा ग्राहकले ३० जीबी डेटा र ५०० मिनेट भ्वाईस च्याटको सुविधा प्राप्त हुनेछ भने ६ हजारमा ३०० जीबी डेटा प्राप्त हुनेछ ।

एक खबरको अनुसार सन् २०२० सम्ममा चीनमा ‘सिक्स जी’ को पनि ट्राइल गरिने बताईएको छ ।

फाईभ जी के हो र यसले कसरी काम गर्छ ?

फाईभ जी लाई एन्टरनेटको पाचौँ जेनेरेशनको रुपमा मानिन्छ । जसको स्पीड १० जीबीपीएस सम्म हुने अनुमान गरिएको छ ।

यसको प्रयोग मोवाइलको साथै अन्य क्षेत्रमा पनि हुने गर्छ । यसको प्रयोगमा ठुलो डेटा पनि केही समयमा नै डाउनलोड र अपलोड गर्न सकिन्छ ।

फोर जी भन्दा कति फरक हुन्छ फाईभ जी ?

फोर जी स्पिड १००० एमबीपीएस मानिन्छ तर, यसको स्पिड आजपनि ४५ एमबीपीएस नै हो । फाईभ जी फोर जी भन्दा १० गुणाबढी स्पिडको हुने बताईएको छ ।

फाईभ जी विस्तार भएसंगै एच डी क्वालिटीका फिल्म तथा भिडीयोहरु १ वा २ मिनेटमा नै डाउनलोड गर्न सकिन्छ तर, फोर जी मा धेरै समय लाग्छ ।

कहाँ उपलब्ध छ ?
फाइभ जी सेवा बेइजिङ र शाङ्घाईसहित चीनका ५० वटा सहरमा उपलब्ध छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार १२८ यूआनदेखि ५९९ यूआन (करिब २,००० देखि ९,६०० नेपाली रुपैयाँ) प्रतिमहिना शुल्क तिरेर यो सेवा लिन सकिन्छ।

फाइभ जी सञ्जाललाई सबल बनाउन यो वर्षको अन्त्यसम्ममा १,३०,००० वटा बेस स्टेशनलाई क्रियाशील बनाइने सरकारले जनाएको छ। त्यसो हुँदा यो संसारकै सबैभन्दा ठूलोमध्ये एउटा फाइभ जी सञ्जाल हुने बताइएको छ।

नेपालमा कहिले विस्तार होला ‘फईभ जी’

नेपालमा वर्तमान समयमा फोर जी सेवा विस्तारको काम भईरहेको छ ।

काठमाडौं र पोखरामा केही समय पहिल्यै फोर जी विस्तार भएपनि अन्य ३२ जील्लामा भने केही समयअघि मात्रै फोर जी विस्तार भएको हो ।

यो अवस्थामा नेपालमा फाईभ जी कुन समयमा विस्तार होला भन्न सकिदैन् । हालसम्म भारतमा पनि फाईभ जी विस्तार भएको छैन् । एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here