मोन्था चक्रवातको प्रभाव:कोशी, बागमती र गण्डकी प्रदेशमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि पर्न थालेकाे छ।

बुधबार रातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने बताइएकाे छ। कोशी, मधेस तथा र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ।

जसका कारण कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। गोरखा, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ आदि जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। लम्जुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ पर्वत, स्याङ्जा, तनहुँ आदि जिल्लामा मौसमसम्बन्धी सूचनाप्रति अद्यावधिक रहनुपर्ने महाशाखाले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here