काठमाडौं । बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा आज पनि सवारीको लामो जाम लागेको छ । पानी पर्न रोकिए पनि हिलो नसुकेकेको र विभिन्न स्थानमा सवारी बिग्रिएका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
शुक्रबार साँझदेखि असहज भएको दाउन्ने खण्ड पार गर्न ५/६ घण्टा लाग्ने गरेको छ । मालवाहक सवारी उकालोमा सडक चिप्लो हुँदा उक्लन नसक्दा चार दिनदेखिको जाम अझै हटेको छैन ।
स्थानीय प्रशासनले दाउन्नेमा सडक चिप्लो र जाम लामो भएकाले यो खण्ड भएर चल्ने सवारी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै अत्यावश्यकबाहेक यो खण्डको यात्रा नगर्न आग्रह गरिएको बताए ।



















