काठमाडौं । भारतकाे तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।
सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो । दुर्घटनामा २० जना घाइते छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।
तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् । मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रदान बताइएकाे छ।






















