दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुकुटेमा दुर्घटना

काठमाडौं, १७ कात्तिक । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ ।

शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्वरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो ।

बसमा कति यात्री थिए भन्ने विवरण आएको छैन। उद्धार गर्न प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। चालक धनबहादुर तामाङलाई प्रहरीले उद्धार गरेको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here