काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आज यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेरमा सुरु हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
शृंखलामा लगातार तीन हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग
दोस्रो खेलमा यूएईसँग र तेस्रो खेलमा अमेरिकासँग पराजित भएको थियो ।





















