‘रेड लेडी’, ४० वर्षदेखि कपालका साथै घरका सबै सामान रातो रंगको

काठमाडौं । मानिसहरुको रुचि अनेक हुन्छ, केही मानिसलाई कुनै रंग असाध्यै मन पर्छ ।

धेरैजसो मानिसहरु त आफूलाई मन पर्ने बाहेक अन्य कुनै प्रकारका सामान तथा लुगा पनि मन पराउँदैनन् । यो त भयो सामान्य कुरा हामी आज तपाईंलाई यस्तो मानिसको बारेमा जानकारी दिदै छौं ।

जोरिका रिबररिकलाई बोस्नियाका मानिसहरु रेड लेडी नामले नै चिन्छन् । जसले ४० वर्षदेखि एकै रंग (रातो)को सामान तथा लुगाहरु लगाउने गरकी छिन् । उनको कपालको साथै अन्य सबै सामानहरु रातो नै छन् ।

जोरिकालाई रातो रंग यति धेरै मन पर्छ कि उनी आफ्नो वरपरीका सबै सामानहरु पनि रातै देख्न मन पराउँछिन् । उनी कुनै मानिसको अन्तीम संस्कारमा पनि रातै लुगा लगएरै जान्छिन् ।

उनको ६७ वर्षका रिटार्यर टिचर जाँरिकका अनुसार जोरिकालाई १८ वर्षको उमेरबाट नै रातो रंगका कपडारु असाध्यै मन पर्न थालेको थियो उनको यो बानी अहिलेसम्म पनि गएको छैन् ।

यूरोपको बोस्नियामा बस्ने जोरिकाको घरमा घरको रंग, कोठाको फर्निचर, प्लेड, डेबसिट आदी सम्पुर्ण सामानहरु राता नै छन् ।

पछिल्ला ४० वर्षमा उनको यो कामको कारण धेरैले उनलाई चिन्छन् । उनलाई शहरमा सेलिब्रेटीकै रुपमा मान्छन् । जन्मदिनमा पनि उनलाई रातो रंगकै गिफ्टहरु दिन्छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here