‘नयाँ बिजनेस बनाएर अघि बढ्नसके उद्योग व्यवसाय सुधार हुने अवस्था छ’ : गभर्नर

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर उच्च मनोबलका साथअघि बढ्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

उनले नयाँ बिजनेस बनाएर अघि बढ्नसके नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेको समेत बताए ।’नयाँ बिजनेस बनाउनुस्, उच्च मनोवलका साथ काम गर्नुस् उनले भने हामीहरू सबैले तपाईंहरूसँग कम्युनिकेशनमा बसिराखेका छौं । यो अवसरलाई तपाईहरुले पोजेटिभली लिएर यसलाई युज गर्नतिर लाग्नुहोला,’ उनले भने ‘इकोनोमीमा मनोबलको एकदमै ठूलो काम हुन्छ । इन्डियाले ग्रो गरेको छ । चाईनाले ग्रो गरेको छ । हामी किन निरास हुनुपर्‍यो,’!

अहिले वैधानिक सरकार रहेको र केही समय पछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढनका लागि निजी क्षेत्रले निरास भएर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here