बढ्याे वायु प्रदुषण, सुर्खेत सबैभन्दा बढी प्रदूषित

२३ कात्तिक, काठमाडौं । केहि दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढेकाे छ। वातावरण विभागको वेबसाइटमा उल्लेख गरिएको विवरण अनुसार आज बिहान नौ बजेसम्म सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा छ । सुर्खेतमा वायु प्रदूषणको मात्रा १७० पीपीएम छ ।

त्यसपछि बढी प्रदूषित सहरकाे दाेश्रो नम्बरमा भक्तपुर छ । भक्तपुरमा १३२ पीपीएम रेकर्ड भएको छ ।

तेस्रो र चौथोमा क्रमश: दाङको देउखुरी (१२४), काठमाडौंको शंखपार्क (१२३) र ललितपुरको खुमलटार (१०५) छन् ।

वातावरण विभागका अनुसार आगामी दिनमा प्रदूषणको मात्रा थप बढ्ने प्रक्षेपण छ ।

तत्काल पानी पार्ने उल्लेख्य प्रणाली नभएको र छिमेकी मुलुक भारतमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेकाले साे पदूषण नेपालसम्म आइपुग्न सक्ने बताइएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here