नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउन सकिने

२५ कात्तिक, काठमाडौं । अब नाम, जन्ममिति सहित व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने भएको हाे। सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, जन्ममिति, विवाह दर्ता लगायतका विवरण एकपटकका लागि सच्याउन पाइने भएको हाे।

सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि थप प्रष्टता नभएकाे भन्दै सहजीकरण गर्ने सन्दर्भमा नियमावली संशोधन गरिएको हो ।

यसमा नाम, ठेगाना, जन्मदर्ता, विवाह, मृत्यु, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता भएका विवरण बिग्रिएको अवस्थामा सच्याउन सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here