काठमाडौं । नेपाल सरकारले नेप्सेको पुनसंरचना गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको पुनसंरचनाका लागि अध्ययन गरेर सुझाब दिन अध्ययन सुझाब समिति गठन गर्ने निर्णय गरेको छ । नेप्सेको संस्थागत सुधार तथा सुदृढीकरणका लागि लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा पाँच अध्ययन समिति गठन गर्ने निर्ण गरेको हाे।
समितिमा नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहनेछन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य–सचिव तोकिएका छन् । समितिलाई ५० दिनभित्र विस्तृत कार्ययोजना सहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेकाेमा यसलाई बढाएर कम्तिमा ३ अर्ब पुर्याउने, सर्वसाधारणलाई ३० प्रतिशत सेयर जारी गर्ने, रणनीतिक साझेदार भित्र्याउने र संस्थागत सुशासन बलियो बनाउने याेजना सरकारकाे छ।























