बाबुल गिरी धरौटीमा रिहा

काठमाडौं । गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका उनी काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे हाे।

गायिक नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो । नितु गिरीकै अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।

पौडेलेको परिवारले उनीहरू दुई जना प्रेम सम्बन्धमा रहेका र बाबुलले विवाह गर्न नमानेपछि आत्महत्या गरेको बताएका हुन्। उनी बुधबार हिरासतबाट छुटेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here