काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको महामन्त्री गगनकुमार थापाले बताए ।
‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ,’ महामन्त्री थापाले भने ।

























