तोलामै ५२ सयले बढ्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

९ मंसिर, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ ताेकिएकाे छ । अघिल्लो दिन सुन ताेलाकाे २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला केहि दिन सुनकाे भाउमा लगातार उतार चढाव आइरहेकाे छ।

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३११५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here