तोलामा ९ सय रुपैयाँले बढ्याे सुनकाे भाउ

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ ताेकिएकाे छ ।

मंगलबार २ लाख ४७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२०० रुपैयाँ रहेको चाँदी आज ३२२० रुपैयाँ कायम भएको छ ।