धरान उपमहानगरपालिकामा उपनिर्वाचनको गतिविधि बढ्यो,उम्मेदवारहरुको दौडधूप

काठमाडौं १८ कात्तिक । धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको गतिविधि बढ्न थालेका छन्।

मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयर पदका लागी सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसको उम्मेदवारहरुको दौडधूप सुरु भएको छ ।

प्रतिपक्षी कांग्रेसका उम्मेदवार तिलक राईलाई करिब ४ हजार मतान्तरले हराउँदै मेयर बनेका नेकपाका तारा सुब्बाको गत वर्ष २०७५ साउन १ गते निधन भएपछि अहिलेसम्म धरान उपमहानगरपालिकाको मेयर पद खाली छ ।

कांग्रेसले यसअघिकै पराजित उमेदवार तिलक राईलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।

बडा दशै सकिए लगत्तै घरदैलो गर्दै मतदाता भेट्घाट गरेको कांग्रेसले आईतबार चुनाव लक्षित वृहत रोड शो(सडक प्रर्दशन) गरेको छ ।

धरान वडा नम्बर १३ जिरो प्वाइन्टदेखि बरगाछीसम्म कांग्रेसले बृहत रोड शो गरेको हो । रोड शो मा चुनावी प्रचारप्रसारसहित प्रदर्शनमा नेपाली कांग्रेसमा आवद्ध हजारौं कार्यकर्ता सहभागी भएका थिए ।

कांग्रेसको पक्षमा धरानका जनताको राम्रो उपस्थिति देखिएको समेत कांग्रेस नेतृ मनिता घिमिरेले बताइन् । उनले भनिन, ‘नेकपाले धरानमा बिगत तीन दसक र्देखि चुनाव जित्दै आएको छ, तर विकास भने शून्य जस्तै छ, धरानका जनता नेकपादेखि दिक्क भएका छन ।’

धरानका जनता मतदान गर्न नजाने मनस्थितिमा समेत रहेको उनले बताइन् । अघिल्लो स्थानीय चुनावमा नेपाली कांग्रेसले जितेका वडाहरुको बिकास तिब्र रुपमा भएको देख्दा चाहिँ काङ्ग्रेस प्रती धराने जनतालाई केही आसा पलायको छ।

त्यसैले यसपाली कांग्रेसलाई जिताएर धरानको काचुली फेर्ने इच्छा जागृत भएकोछ यहाँका जनतामा। तेसैले नेपाली कांग्रेसले धरानमा सभापति तिलक राईलाई उम्मेदवार उठाउने निर्णय गरेको छ भने नेकपा वाट प्रकाश राई लाई उठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here