काठमाडौं । चाँदीको भाउ पहिलो पटक तोलामा ३५ सय रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ ताेकेकाे हाे। जुन मूल्य अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढि हो । हिजो प्रतितोला ३४९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
त्यस्तै आज सुनको भाउ तोलामा १४०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ ।





















